वन उद्यम प्रबर्द्धनमा सहयोग

वन उद्यम प्रबर्द्धनमा सहयोग

डिभिजन वन कार्यालय पाल्पाले जडिबुटी तथा गैर्हकास्ठ वन पैदावारमा आधारित उद्यम प्रबर्द्धनमा सहयोग कार्यक्रम अन्तरगत रैनादेवी छहरा- ६ जुठापौवाका ७५ घरधुरी उद्यमिहरुलाइ औजार, उपकरण सहयोग गरेको छ । बास, निगालोमा आधारित सामाग्री उत्पादन र बिक्री वितरणबाट जिविकोपार्जन गर्दै आएका गुहारठाना, खुन्धारा, अमिले, बेतेनी, नेपाने लगायतका गाउँका स्थानिय बासिन्दाहरुको जिविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले प्रती घरधुरी बन्चरो, हसिया, छुरा, करौती, ह्यामर, बाक, सानढुङ्गा गरि ७ प्रकारका उपकरणहरु वितरण गरिएको हो । उपकरण वितरण समारोहमा रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष श्री रुकमागत भट्टराई , डिभिजनल वन अधिकृत श्री नारायण देव भट्टराई, गाउँपालिकाका प्रबक्ता श्री देवेन्द्र पुन, रैनादेवी छ्हरा सब डिभिजन वन कार्यालयका प्रमुख श्री मणिराम खनाल, डिभिजन वन कार्यालय, पाल्पाका योजना अधिकृत श्री रामचन्द्र लामा, स्थानिय जनप्रतिनिधिहरु, पुर्ब वडा अध्यक्ष लगायत स्थानिय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।