राष्ट्रिय बृक्षारोपण दिवस, २०७९ को अवसरमा आयोजित बृहत तेजपात रोपण कार्यक्रम

राष्ट्रिय बृक्षारोपण दिवस, २०७९ को अवसरमा आयोजित बृहत तेजपात रोपण कार्यक्रम

डिभिजन वन कार्यालय, पाल्पा र पाखुरे सामुदायिक वन उपभोक्ता समूह, रैनादेबी छहरा-४, पाल्पाको संयुक्त आयोजनामा राष्ट्रिय बृक्षारोपण दिवस मुल समारोहको आयोजना गरियो । पाखुरे सामुदायिक वनको ऐशेलु गैरा ब्लकमा आयोजित बृहत तेजपात रोपण महाअभियानको डिभिजनल वन अधिकृत श्री दिपक ज्ञवाली ज्यू ले भब्य समारोहका बिच सुभारम्भ गर्नुभयो । ८ हेक्टर क्षेत्रफल रहेको ऐशेलु गैरा ब्लकमा बृहत रुपमा तेजपात रोपण गरि समृद्धिमा योगदान गर्ने उद्देश्यले पाखुरे सामुदायिक वन उपभोक्ता समुहले तेजपातको पकेट सामुदायिक वन तयार गर्न लागेको अवसरमा राश्टृय बृक्षारोपण दिवस,२०७९ मार्फत समृद्धिको सन्देश प्रवाह गर्दै करिब २ घण्टामा ८००० बिरुवा रोपण गर्ने उद्देश्यका साथ बृक्षारोपण दिवस मुल समारोहको आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी डिभिजनल वन अधिकृत श्री दिपक ज्ञवाली ज्यू, बिशिस्ट अतिथी वन, वातावरण तथा भु संरक्षण मन्त्रालयका योजना अधिकृत सन्त थिङ्ग ज्यू, रिब्दिकोट सब डिभिजन प्रमुख उपेन्द्र अर्याल, डिभिजन वन कार्यालयका योजना अधिकृत रामचन्द्र लामा, वन ब्यबस्थापन अधिकृत संयोग बस्नेत, स.व.अ. सिद्धान्त बराल, भावना रिजाल लगायत बिशिस्ट ब्यक्तित्वहरुको आतिथ्यमा करिब ३०० उपभोक्ताहरुको उपस्थितिमा अत्यन्त ब्यबस्थित रुपमा मल र माटोको मिसावट गरि प्राबिधिकको सुपरिबेक्षणमा गरिएको यो बृहत बृक्षारोपण अनुकरणीय बृक्षारोपण बन्न पुगेको छ । पाखुरे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नल बहादुर राना, समितिका पदाधिकारीहरु,पुर्ब पदाधिकारीहरु र उपभोक्ताहरुको आजको सकृयता र तत्परता लोभलाग्दो उदाहरण हो वन र वातावरण प्रेमिहरुको लागि ।
पन्चेबाजाको धुनमा डाडैभरी बिरुवा सहित छरिएका उपभोक्ताहरु, पुर्ण प्राबिधिक सहयोगको लागि २० भन्दा बढी समुहहरुमा प्राबिधिक नेतृत्व गर्ने वन कर्मचारीहरु र ब्यबस्थापनलाइ चुस्त दुरुस्त बनाउन खट्नुहुने ब्यबस्थापक ज्यूहरुको अनवरत खटाइले नै यो बृक्षारोपण दिवस अहिले सम्मकै भब्य बनेको हो । साथै सो अवसरमा उक्त कार्यमा निरन्तर रुपमा प्राबिधिक सहयोग गर्नु हुने वन कर्मचारीहरुलाइ समूहले सम्मान समेत गरेका थिए ।
बाझो जमिनलाइ हरियाली सङ्गै उत्पादनमा रुपान्तरण गर्नको लागि आजको दिनबाट अझै प्रेरणा मिलोस्, सुभकामना ।