डिभिजन वन कार्यालय भवन उद्घाटन

 मिति २०७८।१२।१२ गते

 डिभिजन वन कार्यालय पाल्पाको तानसेन-५, होलाङ्गदी स्थित कार्यालय भवनको माननीय वन, वातावरण तथा भु संरक्षण मन्त्री श्री सुरेन्द्र बहादुर हमाल ज्यू को करकमलबाट एक भब्य समारोहका बिच समुद्घाटन सम्पन्न भएको छ । २०४० सालमा जिल्ला वन कार्यालयको स्थापना हुनुपुर्ब लुम्बिनी वन डिभिजन अन्तरगत पाल्पा रेन्ज कार्यालयको नामबाट सेवा प्रवाह गर्दै आएको र २०४० साल पश्चात् जिल्ला वन कार्यालय मार्फत सेवा प्रवाह गर्दै आएको यस कार्यालय २०६० सालमा सशस्त्र द्वन्दको कारण बिस्थापित हुन पुगेको थियो । यस ऐतिहासिक स्थानमा निर्मित आफ्नै भवनमा कार्यालय संचालन गर्नको लागि डिभिजनल वन अधिकृत श्री दिपक ज्ञवाली ज्यूको अथक परिश्रम र बिशेष पहलमा कार्यालयले यसै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । माननीय मन्त्री ज्यू, श्रीमान सचिब ज्यू, श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू, मन्त्रालयका बिशिस्ट ब्यक्तित्वहरु एवम उद्घाटन समारोहलाइ भब्यताका साथ सफल बनाउनुहुने सम्पुर्ण महानुभावहरु प्रती हार्दिक आभार र कृतज्ञता । साथै सोही दिन रानीमहल दरवार अवलोकन, डिभिजन वन कार्यालयको नर्सरीको स्थलगत निरीक्षण र कर्मचारीहरुसँग ब्याटमिन्ट खेलमा समेत सभागिता जनाइ कर्मचारीहरु

माननिय मन्त्री ज्यूलाइ बिदाइ गर्दै
मन्त्री ज्यू बाट रानीमहल दरवार अवलोकन
मन्त्री ज्यू बाट रानीमहल दरवार अवलोकन
कर्मचारीहरु सँग ब्याटमिन्टन खेल्दै