वि.स. २०४० सालमा जिल्ला वन कार्यालय, पाल्पाको स्थापना हुनु पूर्व तत्कालीन लुम्विनी वन डिभिजन कार्यालय, भैरहवा अन्तर्गतको होलाङ्दीमा रहेको पाल्पा रेन्ज कार्यालयवाट र सो अन्र्तगतका वीटहरुवाट यस जिल्लाको वन सम्वन्धी क्रियाकलाप संचालन गरिन्थ्यो । वि.सं.२०४० सालमा वनको संगठनलाई विकन्द्रीकरणको सिद्धान्त अनुसार संचालन गर्न सघाउ पुर्याउन वन डिभिजन कार्यालय खारेज गरी ७५ वटै जिल्लामा जिल्ला वन कार्यालयको स्थापना गर्ने सिलसिलामा यस जिल्लमा पनि २०४० सालमै यस जिल्ला वन कार्यालयको स्थापना भयो । जिल्लालाई ३ गोटा इलाका वन कार्यालय (देउराली, तानसेन र रामपुर) मा विभाजन गरी प्रत्येक इलाका अन्तर्गत ४ वटा इकाई वन कार्यालय स्थापित भए । त्यसैगरी २०५० सालमा भएको नयां संगठनात्मक परिवर्तन वमोजिम साविकका ३ वटा इलाका वन कार्यालय र इकाई वन कार्यालयहरु खारेज गरी एउटा इलाका वन कार्यालय र ८ गोटा रेन्ज पोष्टहरु कायम गरिएको थियो । प्रचलित वनसंग सम्वन्धित ऐन, नियम र नीतिको प्रभावकारी कार्यान्वयन गरी नेपालको वन क्षेत्रको दिगो विका एवं व्यवस्थापन गर्न वन विभाग अन्तर्गत मुस्ताङ वाहेक ७४ जिल्लामा जिल्ला वन कार्यालय रहने व्यवस्था भयो ।