Highlights:
सिभिल इन्जियर आवश्यकता सम्बन्धी सूचना | आ.व. ०७५/७६ को बार्षिक प्रगती | २०७६ जेष्ठ महिनाको प्रगती | पुनः बोलपत्र आब्हानको ठेक्का रद्द गरिएको सूचना | निबन्ध प्रतियोगिता संचालन हुने बारेको सूचना | विश्व वातावरण दिवस मनाउने सम्बन्धमा | श्रीनगर पाल्पामा सास्कृतिक डबली निर्माण सम्बन्धी सूचना | वन डढेलो सम्बन्धी सूचना | दोश्रो चौमासिक प्रगती २०७५।१२।१ | अनुगमन निरीक्षण | विश्व सिमसार दिवस सम्पन्न | अनुगमन निरीक्षण २०७५।९।२२ | अनुगमन निरीक्षण | अनुगमन निरीक्षण | रैनादेवी छहरा सव-डिभिजन वन कार्यालय, पाल्पा | यस कार्यालयबाट भए गरेका क्रियाकलापहरु प्रत्येक हप्ताको आइतबार यसै website बाट कार्यालय समय भित्र प्रकाशन गरिने छ । | सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण | आ.व. ०७५/७६को बार्षिक कार्यक्रम |

विश्व सिमसार दिवस सम्पन्न

अपडेट २०७५।१०।२०

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय नं. प्रदेशको आयोजनामा विश्व सिमसार दिवस२०१९ प्रभास सिमसार क्षेत्र पाल्पामा मनाईएको प्रदेश स्तरीय सिमसार दिवस पाल्पाको प्रभास क्षेत्रमा मनाउने मन्त्रालयको निर्णय अनुसार उक्त दिवस मनाईएको हो प्रत्येक बर्ष फेब्रुअरी का दिन मनाईने उक्त दिवसको अवसरमा २०७५ माघ १७ गतेका दिन डिभिजन वन कार्यालय, पाल्पामा जैविक बिबिधता संरक्षणमा सिमसार क्षेत्रको महत्व बिषयक निबन्ध प्रतियोगिता आयोजना गरिएको थियोप्रतियोगितामा दमकडा मा.वि. मदनपोखरा, पाल्पाकी गीता ढकालले प्रथम स्थान प्राप्त गरिन् । माघ १९ गते प्रभास बगैचाबाट सुरु भएको र्यालीमा बिभिन्न सामुदायिक वन उपभोक्ता समूहहरु, राजनैतिक दल, संघसंस्था, सरकारी कार्यालय एवं जनप्रतिनिधिहरु गरि करिब एक हजार भन्दा बढीको सहभागिता रहेको थियो । प्रभास तालको परिक्रमा पश्चात उक्त र्याली सिमसार दिवस मूल समारोहमा परिणत भएको थियो । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, प्रदेश नं. ५ का सचीव श्री धनन्जय पौडेल ज्यूको अध्यक्षता र प्रतिनिधि सभा सदस्य श्री सोम प्रसाद पाण्डे ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा जिल्ला समन्वय समिति, पाल्पाका उप प्रमुख मिरा मरासिनी तथा लुम्बिनी मेडिकल कलेज, प्रभासका अध्यक्ष गोपाल बहादुर पोखरेल बिशिष्ट अतिथी हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्री सोम प्रसाद पाण्डेले स्थानीय, प्रदेश र संघ गरि तिनै तहको सरकार मिलेर पाल्पा जिल्लाको गहनाको रुपमा रहेको प्रभास ताल संरक्षण गर्ने बताउनु भयो । ताल वरिपरिका निजी जग्गाधनीहरु समेतको सहकार्यमा सिमसार ब्यवस्थापनको योजना बनाउने बताउँदै वहाँले प्रभास सिमसार क्षेत्रको विकासमा आफ्नो सहयोग रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो । लुम्बिनी मेडिकल कलेज, पाल्पाका अध्यक्ष गोपाल बहादुर पोखरेलले प्रभास सिमसार क्षेत्र संरक्षणमा आफ्नो पूर्ण सहयोग रहने जानकारी गराउनुभयो । कार्यक्रममा गीता ढकालले उत्कृष्ट निबन्ध बाचन गरेकी थिईन् भने कलाकारहरुले पञ्चेबाजा, भजन र सांस्कृतिक प्रस्तुती समेत प्रदर्शन गरेका थिए । सिमसार दिवसको सन्दर्भ र महत्वमाथि डिभिजनल वनअधिकृत डा. मोहन प्रसाद पौडेलले प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालन रेञ्जर यमलाल पोखरेलले गर्नु भएको थियो ।