Highlights:
सिभिल इन्जियर आवश्यकता सम्बन्धी सूचना | आ.व. ०७५/७६ को बार्षिक प्रगती | २०७६ जेष्ठ महिनाको प्रगती | पुनः बोलपत्र आब्हानको ठेक्का रद्द गरिएको सूचना | निबन्ध प्रतियोगिता संचालन हुने बारेको सूचना | विश्व वातावरण दिवस मनाउने सम्बन्धमा | श्रीनगर पाल्पामा सास्कृतिक डबली निर्माण सम्बन्धी सूचना | वन डढेलो सम्बन्धी सूचना | दोश्रो चौमासिक प्रगती २०७५।१२।१ | अनुगमन निरीक्षण | विश्व सिमसार दिवस सम्पन्न | अनुगमन निरीक्षण २०७५।९।२२ | अनुगमन निरीक्षण | अनुगमन निरीक्षण | रैनादेवी छहरा सव-डिभिजन वन कार्यालय, पाल्पा | यस कार्यालयबाट भए गरेका क्रियाकलापहरु प्रत्येक हप्ताको आइतबार यसै website बाट कार्यालय समय भित्र प्रकाशन गरिने छ । | सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण | आ.व. ०७५/७६को बार्षिक कार्यक्रम |
यो हप्ता गरेको कार्यहरु अपडेट मिति २०७५।९।२२
१. मिति २०७५।९।१४ गते जिल्ला वन क्षेत्र समन्वय समितिको बैठक सम्पन्न ।
२. रैनादेवी छहराको गस्ती : मिति २०७५।९।१३४ र १४ गते तोरीबारीमा काठ बरामद गरी डिभिजन वन कार्यलय, अर्घाखाँचीलाई जिम्मा लगाएको ।
  • हल्लेथरी वन क्षेत्रमा पुग्दा वन तस्करहरुसँग जम्का भेट भएको तर तस्करहरु भाग्न सफल भएको । गस्ती टोलीसँग सशस्त्र वन रक्षक नभएका कारण पनि तस्करहरु उम्कन सफल भएको । तस्करहरुले काटी टुनटुक्रा पारी बोक्न सक्ने गरी बनाएका फन्टाहरु बरामद गरी सुरक्षित घाटगद्दी गरिएको र थप अनुसन्धान तथा कार्यवाही सिफारिशका लागि स.व.अ. श्री अर्जुन प्रसाद चापागाई टुर मुकामबाटै तोकिएको ।
  • हल्लेथरी क्षेत्रको झण्डै ६०–६५ हेक्टर वन सामुदायिक वनमा समावेश नभएको, दुर्गम र सहज पहुँच नभएका कारण कर्मचारीहरुको नियमित निगरानी समेत हुन नसकेका कारण हानी नोक्सानी हुने गरेको ठहर गरी अर्घाखाँची जिल्लाका तोरीबारीका उपभोक्ता र रैनादेवी छहरा, पाल्पाका उपभोक्ताहरु समावेश गरी सामुदायिक वन गठन गर्न तर्फ आवश्यक प्रक्रिया शुरु गरिएको ।
३. ऋषिकेश विकास (रुरु क्षेत्र विकास) सम्बन्धी अन्तरक्रिया गोष्ठी : २०७५।९।१७ गते प्रदेश सांसद माननीय डा. श्री पुरानमान बज्रचार्य (पाल्पा), माननीय श्री कमल प्रसाद श्रेष्ठ (गुल्मी, तानसेन नगर प्रमुख श्री अशोक कुमार शाही, प्रदेश नं. ५ वन निर्देशक श्री बलिराम पण्डित लगायत डिभिजनल वन अधिकृत डा. मोहन प्रसाद पौडेल (पाल्पा) र श्री रविन्द्र महर्जन (गुल्मी) समेतको टोली रुरु क्षेत्र विकास समिति र सरोकारवाला स्थानीयहरुसँग छलफल गरी कार्य अगाडी बढाउन सहमत भएको । रुरु क्षेत्र विकासका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश ५ बाट अख्तियारी गएको हुनाले प्रदेश वन निर्देशनालय मार्फत कार्य सम्पन्न गरिने ।
४. मिति २०७५।९।१८ गते डिभिजनल वन अधिकृत डा. मोहन प्रसाद पौडेलबाट जिल्लाको तिनाउ गाउँपालिका वडा नं. २ स्थित नुवाकोटमा प्रस्तावित राजा मणिमुकुन्द सेन र कर्णेल उजिर सिंको पूर्ण कदको शालिक निर्माणका लागि प्रस्तावित वन क्षेत्रको निरीक्षण भएको र सोही दिन नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको जलवायु परिवर्तन नीति निर्माण परामर्श गोष्ठीमा बुटवलमा सहभागी भई आवश्यक सुझाव दिएको । पाल्पा जिल्लामा भै रहेको खानी उत्खनन् र यसबाट परिरहेको वातावरणीय, सामाजिक र आर्थिक प्रभावको उदाहरण प्रस्तुत गर्दै जलवायु परिवर्तन नीतिले त्यस्तो कुरारहरुलाई सम्बोधन गर्नु पर्ने राय प्रस्तुत गरेको ।
५. मिति २०७५।९।२१ गते डिभिजनल वन अधिकृत डा. मोहन प्रसाद पौडेल समेतको संयुक्त टोलिले रैनादेवी छहरा सव–डिभिजन वन कार्यालयको निर्माणको क्रममा रहेको भवन अवालेकन गर्नुका साथै उक्त क्षेत्रको संभावित चोरी कटानी हुने क्षेत्रको स्थलगत निरीक्षण कार्य सम्पन्न भएको छ । साथै सोही दिन रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ स्थित एक गाउँ एक पोखरी निर्माणको लागि संभावित क्षेत्र दह पोखरीको स्थलगत अवलोकन सम्पन्न भएको छ ।