आर्थिक बर्ष ०७८/७९ लाई फर्केर हेर्दा

आर्थिक बर्ष ०७८/७९ लाई फर्केर हेर्दा
डिभिजन वन कार्यालय पाल्पाले डिभिजनल वन अधिकृत श्री दिपक ज्ञवाली ज्यूको कुशल नेतृत्वमा केही रुपान्तरण उन्मुख महत्वपूर्ण कृयाकलापहरु सहित आर्थीक बर्ष ०७८/७९लाई सम्पन्न गरेको छ । यस आर्थिक बर्षमा कार्यालयले गरेका केही महत्वपूर्ण गतिबिधिहरु मात्र :
– कबुलियती वनको रास्टृय पुरस्कारको प्रथम स्थानबाट ढोलिमारा कबुलियती वन,पुर्बखोला-२ सम्मानित हुन सफल भएको छ ।
– प्रदेश सरकारबाट प्रदान गरिने उत्कृष्ट वनकर्मी पुरस्कारबाट सहायक वन अधिकृत श्री उपेन्द्र अर्याल सम्मानित हुनुभएको छ ।
– प्रदेश सरकारबाट प्रदान गरिने गौतम बुद्द वृक्ष संरक्षण प्रबल पुरस्कारबाट पाखुरे सामुदायिक वन उपभोक्ता समूह रैनादेवी छहरा- ४ पाल्पा सम्मानित भएको छ ।
– उत्कृष्ट ब्यबस्थापनका साथ होलाङ्गदी सल्लाघारी वन परिसरमा आफ्नै भवनमा कार्यालय सौन्दर्यिकरण सहितको ब्यबस्थापन गरि सेवा प्रवाह गरिरहेको छ । उक्त कार्यालय सन्चालन र सेवा प्रबाहको माननीय मन्त्री ज्यूबाट भब्य समारोहका बिच समुद्घाटन भएको छ ।
– निस्दी सब डिभिजन वन कार्यालयको आफ्नै कार्यालय भवन निर्माण भएको छ ।
– रामपुर क्षेत्रका पोल अवस्थाका साल वनहरुमा सघन वन ब्यबस्थापन ( थिनिङ्ग) अभियान सहित जिल्लाभरमा ११० हेक्टर वनमा थिनिङ्ग गरि जिल्लाभर वन ब्यबस्थापनको नया अध्यायको सुरुवात गरिएको छ । उपभोक्ताहरुको वन ब्यबस्थापन प्रतिको चासो बढेको छ । पहाडी वन ब्यबस्थापन र गुणात्मक वनको विकास थिनिङ्गबाट नै गर्न सकिन्छ भन्ने प्रतिबद्धता सहित उपभोक्ताहरु थिनिङ्ग अभियानमा कृयाशिल हुनुभएको छ ।
– केन्द्रिय नर्सरी होलाङ्गदिको बृहत् स्तरोन्नती सहित प्रबिधियुक्त बनाउदै माथागढी र निस्दिमा नया नर्सरी निर्माण,अरुणखोला क्षेत्रमा खयर प्रजाती लक्षित मोबाइल नर्सरी संचालनका साथै तिनाउ र रामपुर नर्सरिको स्तरोन्नती सहित नमुना नर्सरिको माध्यमबाट पाल्पाको पहिचान स्थापित गर्न महत्वपूर्ण कार्य गरिएको छ ।
– जिल्लामा पर्यापर्यटनको विकासमा यो बर्ष रुपान्तरणकारी बर्ष बनेको छ । यस क्षेत्रमा अतुलनिय कार्यहरु भएका छ्न् । स्थानिय सरकारहरुले यस प्रकारका कार्यहरुबाट समृद्दी हासिल गर्न खोजेमा हाम्रो कार्यालय पाठशाला बन्नेछ । रामपुरको चिन्तेझरना, रानिझरना तिनाउ,भुतखोला झरना तिनाउ,चुलिडाडा जल्पा,लेकडाडा हुवास ज्यामिरे, बृन्दावन देउराली,नाच्नेडाडा बगनाशकाली, बौघापोखराथोक जस्ता योजनाहरु कार्यालयका ड्रीम प्रोजेक्ट बनेका छ्न् । समृद्धिमा छलाङ्ग मार्ने यी सबै योजनाहरुमा आन्तरिक र बाह्य पर्यटकहरुको घुइचो लगाउने गरि पर्यावरण मैत्री संरचना हरु बनेका छ्न् । प्राय सबै स्थानमा स्थानिय वन समुहहरुले प्रवेश शुल्कको सुरुवात गर्ने तयारी गर्दैछ्न् ।
– लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो र साहसिक पिङ्ग बौघापोखराथोकमा निर्माण भएको छ । द क्लिफ पर्बतको झल्को दिने यस पिङ्गको लगत्तै उद्घाटन हुन गैरहेको छ । तानसेनको पर्यटनमा यस प्रोजेक्टले नया अध्याय थप्ने सुनिस्चित छ ।
– कार्यालय परिसरमा वनदेवी कालिमाता मन्दिर निर्माण अन्तिम चरणमा पुगेको छ । यो मन्दिर निर्माणमा कार्यालय अन्तरगत कर्मचारीहरुको मात्र योगदान रहेको छ ।
– तिनाउ गाउँपालिका शून्य डढेलो गाउँपालिका बनेको छ । यसको लागि अहोरात्र खट्नुहुने २० वटा समूह, सामुदायिक वन समन्वय समिती र तिनाउ सब डिभिजन वन कार्यालयलाई माननीय मन्त्री ज्यु बाट कदरपत्र सहित सम्मान प्रदान गरिएको छ ।
– वन, वातावरण, जैबिक बिबिधता र पुनरुत्पानमा समेत टेवा पुर्याउदै श्रीनगर क्षेत्रको वनडढेलो नियन्त्रण र वन ब्यबस्थापनमा टेवा पुर्याउनको लागि १५०० जनाको उपस्थितिमा २ पटक प्रज्वलनशिल पदार्थ ब्यबस्थापन गरिएको छ । वन डढेलो ब्यबस्थापनमा यति ठूलो उपस्थितिलाइ नमुना कार्यक्रमको रुपमा हेरिएको छ ।
– माथागढी सब डिभिजन अन्तरगत सामुदायिक वनका म्याद समाप्त वनकार्ययोजना समाप्त गरि नवीकरण शून्य सब डिभिजन बनेको छ ।
– सामुदायिक वनमा ३७ हेक्टर क्षेत्रमा आबश्यकता अनुसार तारबार समेत गरि पुर्ण प्राबिधिक हिसाबले खाडल र मलको ब्यबस्थापन गरि बृक्षारोपण गरिएको छ ।
– जिल्लामा तेजपात,टिमुर,लप्सी,चिउरी र मालागेडिलाइ ब्यबसायिक सम्भावनायुक्त जडिबुटी पहिचान गरि १७ वटा पकेटक्षेत्रमा ७५ हजार भन्दा बढी जडिबुटिको कृषकको निजि जग्गामा बृक्षारोपण गरिएको छ । यस कार्यमा प्रत्येक किसानको बारिमा वन प्राबिधिक पुगेर खाडल नापेर मलको सुनिस्चितता गरि प्राबिधिकले आफ्नै रोहवरमा बृक्षारोपण गराएका छ्न् । यो जडिबुटी रोपणको क्षेत्रमा हालसम्मकै महत्वपूर्ण कार्यक्रमको रुपमा चित्रण गरिएको छ ।
– यस कार्यालयबाट प्रस्तावना लेखनमा सहयोग तथा सिफारिस गरि प्रदेश सरकारबाट छनौट ६ वटा वन उद्द्यम र तीनवटा होमस्टे गरि ९ वटा समूह सस्थाहरुले वन उद्यम र पर्यापर्यटनको क्षेत्रमा कार्य गरेका छ्न् ।
– यो बर्ष कबुलियती वनमा २ लाख ३२ हजार गाज अमृशो ६५ हेक्टर क्षेत्रफलमा रोपण गरिएको छ भने ६ हजार दालचिनी कबुलियती वनमा रोपण गरिएको छ । जसबाट तत्काल आम्दानी प्राप्त भै विपन्नबर्गको जिबिकोपार्जनमा सहयोगी बन्नेछ ।
– वन शिक्षा सिविरको माध्यमबाट उपभोक्ताहरुमा वन सचेतना अभियान सुरु गरिएको छ । यो कार्यक्रम बजेट बिहिन र राश्टृय स्तरकै नमुना कार्यक्रमको रुपमा कर्मचारी र उपभोक्ताहरुको बिचमा सुमधुर सम्बन्ध स्थापित गर्दै वन विकासमा योगदान गर्ने अनुकरणीय कृयाकलाप हो ।
– डिभिजनल वन अधिकृत ज्यू उपभोक्ताकै घरदैलोमा पुगेर कार्ययोजना स्वीकृति,वन ब्यबस्थापनमा सहजीकरण र गुनासोको सम्बोधन गर्दै अत्यन्तै महत्त्वपूर्ण कार्यहरु समेत घरदैलोबाटै सम्पन्न गर्ने नवीनतम अभ्यासको सुरुवात भएको छ ।
डिभिजन वन कार्यालय पाल्पाले आ.व ०७८/७९ मा सम्पादन गरेका ऐतिहासिक र महत्त्वपूर्ण कृयाकलापहरु सहित लक्ष तोकिएका कृयाकलापहरुमा ९६ प्रतिशत भौतिक प्रगती हासिल गर्न सफल भएको छ ।
सफलताको यो बर्षलाई कार्यालयले successful year, 078/79 of DFO Palpa.को रुपमा मनाउदै ०७९/८० को सुरुवात सङ्गै नयाँ योजनाका साथ अघि बढिसकेको छ ।