वन, वातावरण तथा भु संरक्षण मन्त्री श्री सुरेन्द्र बहादुर हमाल ज्यूबाट तेजपात पकेट क्षेत्रको निरिक्षण

लुम्बिनी प्रदेशका माननीय वन,वातावरण तथा भु संरक्षण मन्त्री श्री सुरेन्द्र बहादुर हमाल र श्रीमान सचिब दुर्गा बहादुर कार्की ज्यूबाट पाल्पाको कोलडाडा स्थित तेजपात पकेट क्षेत्रको निरिक्षण एवम कृषकहरुका तेजपात बगैचाहरुको अबलोकन भएको छ । लुम्बिनी प्रदेशकै मोडल तेजपात भिलेज हो कोलडाडा । तेजपात खेती मार्फत समृद्धि हासिल गर्न चाहनेहरुको लागि पाठशाला हो कोलडाडा । कृषि वन र हरित उत्पादनमा माननीय मन्त्री ज्यू र श्रीमान सचिब ज्यूबाट सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त भएको छ ।