अग्नि नियन्त्रणमा डिभिजनल वन अधिकृत ज्यू को सकृयता

अग्नि नियन्त्रणमा डिभिजनल वन अधिकृत ज्यू को सकृयता ।बढ्दो सुख्खा मौसम सङ्गै डिभिजन वन कार्यालय,पाल्पाले वन डढेलो नियन्त्रण तथा ब्यबस्थापन कार्यक्रमलाई तिब्रताका साथ अघि बढाएको छ । कार्यालय,वस्ती एवम बजार नजिकका संबेदनसिल क्षेत्रहरुमा प्रज्वलनशिल पदार्थ ब्यबस्थापन कार्यमा डिभिजनल वन अधिकृत ज्यू को नेतृत्वमा कर्मचारिहरुको टोलि खटिरहेको छ । जिल्लाका २६ वटा स्थानहरुलाइ वन डढेलो जोखिम क्षेत्र कायम गरि उच्च सतर्कता अपनाइदै छ भने जिल्लाका २३ वटा बिद्यालयका विद्यार्थीहरु मार्फत डढेलो सचेतना सन्देश वस्ती वस्तिमा पुर्याइदै छ । तिनाउ लगायत चुरे क्षेत्रमा उपभोक्ताहरुको अग्नि नियन्त्रण दस्ता सकृय छ । जिल्लालाई शून्य डढेलो जिल्ला बनाउने अभियानमा सहयोग गर्न सम्पुर्ण सरोकारवालाहरु, आम उपभोक्ताहरु,संरक्षणकर्मिहरु, बिद्यार्थी, शिक्षक एवम आम पाल्पाली नागरिकहरुमा डिभिजन वन कार्यालय पाल्पा हार्दिक अनुरोध गर्दछ ।