अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा सम्पन्न

अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा सम्पन्न

श्री अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूह,तानसेन-९ दमकडा पाल्पाको पच्चिसौ साधारण सभा सम्पन्न भएको छ ।सभाले चालू आ.व. को नीति तथा कार्यक्रम समेत सर्बसम्मत रुपमा पारित गरेको छ । साधारण सभामा प्रमुख अतिथी डिभिजनल वन अधिकृत श्री दिपक ज्ञवाली ज्यूले डिभिजन वन कार्यालयले वन ब्यबस्थापनमा उपभोक्ताहरुलाइ परेका बिबिध समस्याहरुमाथी सहजिकरण गर्नुहुनको साथै तेजपात भण्डारण स्थल निर्माणको लागि सहयोग गर्ने, तेजपात निकासि प्रकृयालाइ सरलिकृत गर्दै उपभोक्ताहरुको आय आर्जन वृद्धिमा सहयोग गर्ने,वन ब्यबस्थापनबाट उत्पादन हुने कटुसका दाउराहरुलाई उद्द्यम प्रबर्द्धन सङ्ग जोडेर वन उद्द्यममा समुहलाइ अघि बढाउन सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । साधारण सभाले डिभिजनल वन अधिकृत ज्यू लाई सम्मान र स्वागत गरेको छ । उपभोक्ता शान्ती हितङ्गाले मानव बन्यजन्तु द्वन्द तथा जग्गाजमिन बाझो नराख्ने सन्देश सहितको साङ्गितिक प्रस्तुती राख्नुभएको थियो ।