दुना टपरी उद्योगको निरीक्षण

रानिवन तथा बडाभान सामुदायिक वन उपभोक्ता समुह रामपुरले संचालन गरेको दुनाटपरी उद्योग । डिभिजन वन कार्यालय, पाल्पाको सहयोगमा स्थापित उक्त उद्द्योगले स्थानिय महिलाहरुलाइ रोजगारी प्रदान गर्नुको साथै बिपन्न बर्गको जिबिकोपार्जनमा सहयोग पुर्याउन सुरु गरेको छ । डिभिजनल वन अधिकृत ज्यू को नेतृत्वको टोलिले स्थलगत अनुगमन गरि वन उद्दमिहरुलाइ हौसला प्रदान गर्नुको साथै थप सहयोग र सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।